पोखरा, ११ चैत्र। नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छान्नका लागि सिफारिस समिति गठन गरिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई गभर्नर सिफारिस समिति गठन गर्ने स्वीकृति दिएको हो।

नेपाल राष्ट्र बैंक ऐन अनुसार, अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन हुने व्यवस्था छ। उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेललाई सदस्यका रूपमा चयन गरिएको छ। समितिमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय र वाणिज्य कानूनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरू सदस्यका रूपमा रहनेछन्।

समितिले नयाँ गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ। सिफारिस गरिएका तीन जनामध्ये डेपुटी गभर्नरबाट एक जना चयन हुने व्यवस्था गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0