पोखरा, १५ चैत्र। काठमाडौं उपत्यकामा आज बिहानैदेखि सवारी जाम हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। गणतन्त्रवादी र राजतन्त्रवादी पक्षधरहरूले छुट्टाछुट्टै प्रदर्शन गर्ने भएकाले मुख्य सडकहरू प्रभावित हुनेछन्।

काठमाडौंको तीनकुनेमा राजसंस्था पक्षधरहरूको प्रदर्शन हुनेछ भने भृकुटीमण्डपमा गणतन्त्र समर्थकहरू भेला हुनेछन्। ट्राफिक प्रहरीका अनुसार, प्रदर्शनका कारण रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार, एयरपोर्ट, गौशाला, सिनामंगल, कोटेश्वर र बानेश्वर क्षेत्रमा सवारी आवागमनमा समस्या आउन सक्नेछ।

सवारी व्यवस्थापनका लागि १,८०० ट्राफिक प्रहरी खटाइनेछ। ट्राफिक प्रहरी प्रवक्ता दीपक गिरीका अनुसार, प्रदर्शनस्थलहरूमा बिहानैदेखि र्‍याली निकालिने भएकाले सवारी डाइभर्सनको व्यवस्था मिलाइनेछ। भृकुटीमण्डपमा गणतन्त्र पक्षधरहरूले रातिदेखि नै तयारी थालेका छन् भने तीनकुनेमा दिउँसो १ बजेपछि राजावादीहरूको प्रदर्शन सुरु हुनेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0