पोखरा, १५ चैत्र। राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। गृहमन्त्री रमेश लेखक, गृहसचिव र सुरक्षा निकायका टोलीहरूको बैठक गृहमा चलिरहेको छ। बैठकमा प्रदर्शनको स्थिति र त्यसको असरको समीक्षा गर्दै अबको योजनाबारे निर्णय हुने बताइएको छ।

गृहमन्त्री लेखकको सचिवालयले जानकारी दिएको अनुसार, “राजावादी समूहको प्रदर्शनबारे समीक्षा गर्दै अबको योजनाबारे निर्णय गर्न बैठक बसेको छ। कर्फ्यु पनि लाग्दैछ,” भनेको छ।

सुरक्षा निकायका अनुसार, प्रदर्शनकारीहरूको समूह ५ देखि १० जनाको संख्या मा जम्मा हुने र आगो लगाएर हिँड्ने गरेको देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0