काठमाडौं, १५ चैत्र। दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहले अराजक प्रदर्शन गरेपछि काठमाडौंको तीनकुने क्षेत्रमा तनावपूर्ण स्थिति सिर्जना भएको छ। यस तनावका कारण धनजनको क्षति भएको छ।

तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रका अनुसार यस घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भने, “आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ।”

मिश्रले थप भने, “कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु। आजको सानो क्लिप। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।”

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0