काठमाडौं, १५ चैत्र। राजावादी समूहको अराजक गतिविधिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४५ मिनेटसम्म उडान प्रभावित भएको छ। उक्त समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालय र नेपाल आयल निगमको चौरमा आगजनी गरेका थिए।
आगजनीका कारण विमानस्थलका उडानमा अवरोध आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन्। उनले भने, “४५ मिनेटजति उडान प्रभावित भएको थियो, तर हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ।”
आगजनी र अराजक गतिविधिले विमानस्थल क्षेत्रमा अस्थिरता सिर्जना गरेको छ, जसले यात्रु र विमान संचालनमा असुविधा पुर्याएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























