पोखरा, १६ वैशाख। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत शिक्षकहरूको माग चाँडै सम्बोधन हुने बताएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै उनले शिक्षा मन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक रहेको जानकारी दिएका हुन्।

मन्त्री गुरुङले केही विषयमा निष्कर्ष नजिक पुगेको आभास दिँदै भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागहरूमा सहमति भई समाधान हुने विश्वास व्यक्त गरेका छन्। उनले सरकार शिक्षकहरूको चासो र सरोकारप्रति गम्भीर रहेको उल्लेख गर्दै सबै पक्षको सहकार्यमा चाँडै निष्कर्षमा पुग्ने आशा व्यक्त गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0