पोखरा, २३ वैशाख। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे गृहमन्त्री रमेश लेखकले आगामी बिहीबार प्रतिनिधिसभामा जवाफ दिने जानकारी सभामुख देवराज घिमिरेले दिएका छन्।

मंगलबार प्रतिनिधिसभामा नाउपा र जनमत पार्टीका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ माग्दै अवरोध गरे। सांसदहरूको मागलाई ध्यानमा राख्दै सभामुखले गृहमन्त्रीलाई जवाफ दिन निर्देशन दिएका थिए।

रेशम चौधरी वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण घोषणा गर्न प्रज्ञा भवन पुगेका बेला पक्राउ परेका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0