पोखरा, २८ वैशाख। भारत र पाकिस्तानले आपसमा युद्धविराममा सहमति जनाएका छन्। भारतका विदेशसचिव विक्रम मिश्रीले दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएका छन्। उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले भारतीय समकक्षीलाई फोन गर्दै दुवै देशले भारतीय समयअनुसार साॅझ ५ बजेदेखि सबै गोलाबारी र सैन्य कारबाही बन्द गर्ने निर्णय गरेका छन्।
यस समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको छ र मे १२ मा १२ बजे फेरि वार्ता गर्ने तयारी गरिएको छ। पाकिस्तानका विदेशमन्त्री इसाक डरले पनि यो युद्धविरामको पुष्टि गरेका छन्। यो सहमति दुवै देशका लागि शान्ति र स्थिरताको नयाँ युगको शुरुआत हुन सक्छ, जसले भविष्यमा थप वार्ता र सहकार्यका अवसरहरू खोल्ने विश्वास व्यक्त गरिएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























