पोखरा, २९ वैशाख। नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादका लागि भारत सरकारले १५ वटा विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ। परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यी सवारीसाधन हस्तान्तरण गरेका छन्। यी सवारीसाधन नेपाल—भारत सहयोग कार्यक्रमअन्तर्गत उपलब्ध गराइएको हो।

मन्त्री डा. राणाले भारत सरकारको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै जलवायु परिवर्तनलाई साझा चुनौतीका रूपमा लिई यसको समाधानमा आपसी समन्वय र सामूहिक प्रयासको आवश्यकता औंल्याइन्। उनले सगरमाथा संवादको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको र अब विदेशी पाहुनाको स्वागतको तयारीमा रहेको जानकारी दिइन्। भारतीय राजदूत श्रीवास्तवले पनि भारत सरकार नेपालको साथमा जलवायु परिवर्तनको चुनौती समाधानमा प्रतिबद्ध रहेको बताए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0