पोखरा, २९ वैशाख। नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन युवा संघ नेपालमा कार्यदल गठनको विषयमा विवाद उत्पन्न भएको छ। इन्चार्जले कुनै छलफल नगरी संयोजक, सहसंयोजक र केन्द्रीय निकायका जिम्मेवार सदस्यहरूलाई सदस्य तोकी कार्यदल गठन गर्ने निर्णय गरेपछि उपमहासचिव संजीप राई, निर्भीक खनाल र सचिव भेषराज शाह, अनिल बोगटीले आपत्ति जनाएका छन्। उनीहरूले यस निर्णयलाई पार्टीको गत माघ १४ का अन्तरपार्टी निर्देशनविपरीत रहेको भन्दै विरोध गरेका छन्।

इन्चार्जको निर्णयले पार्टी आन्दोलनलाई प्रभावित गर्ने र युवा संघको एकता भत्काउने खतरा रहेको बताउँदै आपत्ति जनाएका यी नेताहरूले निर्णय सच्याउन माग गरेका छन्। अन्यथा कडा कदम चाल्ने चेतावनी पनि दिएका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0