पोखरा, २९ वैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर स्थिर देखिएको छ भने अन्य धेरै मुद्रामा सामान्य उतारचढाव आएको छ। राष्ट्र बैंकले दैनिक रूपमा सार्वजनिक गर्ने विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम रहँदा अन्य प्रमुख मुद्राहरूमा थोरै परिवर्तन देखिएको हो।

युरोपेली युरोको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा कायम गरिएको छ। यस्तै, स्वीस फ्र्याङ्कको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन लगायतका अन्य प्रमुख मुद्राहरूमा समेत सानो मात्रामा परिवर्तन देखिएको छ। जापानी येन १० को खरिददर ९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९ रूपैयाँ ४२ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १८ रूपैयाँ ९२ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, दक्षिण कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियाल लगायतका दर्जनौँ मुद्राको विनिमय दरसमेत सार्वजनिक गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ। राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमयदर जुनसुकै समयमा पनि परिमार्जन गर्न सकिने जनाएको छ। यसका साथै वाणिज्य बैंकहरूले खुला बजारको आधारमा फरक दर तोक्न सक्ने जानकारी दिइएको छ। अद्यावधिक दर भने राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने व्यवस्था गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0