पोखरा, १७ पुस। देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको र तराईका धेरै स्थानमा घना हुस्सुले जनजीवन प्रभावित बनाएको छ। गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा पनि कुहिरो लागेपछि यातायात तथा दैनन्दिन क्रियाकलापमा कठिनाइ देखिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम खुला रहनेछ। राति सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली र अन्यत्र मौसम सफा हुने जनाइएको छ।

तराई र काठमाडौं उपत्यकामा बिहीबार बिहान घना हुस्सु लाग्न सक्ने चेतावनी दिँदै विभागले यसले स्वास्थ्य, यातायात र हवाई उडानमा असर गर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0