काठमाडौं, पुस १९। एकैदिन सुनको भाउ तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार ५ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार थप वृद्धि भएको हो।
चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला १ हजार ७९० रुपैयाँ रहेको चाँदीको भाउ यस दिन १ हजार ८१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
सुनचाँदीको भाउमा आएको यो वृद्धिले बजारमा केही चाप सिर्जना गर्न सक्ने व्यवसायीहरूको अनुमान छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























