पोखरा, २१ पुस । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको नयाँ विनिमय दर अनुसार अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ लगायतका मुद्राको खरिद तथा बिक्री दरमा सामान्य परिवर्तन देखिएको छ।

आजको लागि अमेरिकी डलरको खरिद दर १ सय ३६ रुपैयाँ ९४ पैसा र बिक्री दर १ सय ३७ रुपैयाँ ५४ पैसा कायम गरिएको छ। युरोपेली मुद्रा युरोको खरिद दर १ सय ४१ रुपैयाँ ०२ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ ६४ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १ सय ७० रुपैयाँ र बिक्री दर १ सय ७० रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्कको खरिद दर १ सय ५० रुपैयाँ ६७ पैसा र बिक्री दर १ सय ५१ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८५ रुपैयाँ २१ पैसा र बिक्री दर ८५ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलरको खरिद दर ९५ रुपैयाँ ११ पैसा र बिक्री दर ९५ रुपैयाँ ५२ पैसा तथा सिङ्गापुर डलरको खरिद दर ९९ रुपैयाँ ९६ पैसा र बिक्री दर १ सय रुपैयाँ ४० पैसा कायम गरिएको छ। जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७१ पैसा र बिक्री दर ८ रुपैयाँ ७५ पैसा रहेको छ। चिनियाँ युआनको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ।

अरब राष्ट्रका मुद्राहरुमा साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियालको खरिद दर ३७ रुपैयाँ ५६ पैसा र बिक्री दर ३७ रुपैयाँ ७३ पैसा रहेको छ। युएई दिरामको खरिद दर ३७ रुपैयाँ २८ पैसा र बिक्री दर ३७ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

अन्य मुद्राहरुमा थाई भाटको खरिद दर ३ रुपैयाँ ९८ पैसा र बिक्री दर ४ रुपैयाँ, मलेसियन रिङ्गेटको खरिद दर ३० रुपैयाँ ४३ पैसा र बिक्री दर ३० रुपैयाँ ५६ पैसा रहेको छ। दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनरको खरिद दर १२ रुपैयाँ ३२ पैसा र बिक्री दर १२ रुपैयाँ ३७ पैसा तथा डेनिस क्रोनरको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९९ पैसा तोकिएको छ। हङकङ डलरको खरिद दर १७ रुपैयाँ ६० पैसा र बिक्री दर १७ रुपैयाँ ६८ पैसा रहेको छ। कुवेती दिनारको खरिद दर ४ सय ४३ रुपैयाँ ८० पैसा र बिक्री दर ४ सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनारको खरिद दर ३ सय ६३ रुपैयाँ २५ पैसा र बिक्री दर ३ सय ६४ रुपैयाँ ८४ पैसा तथा ओमनी रियालको खरिद दर ३ सय ५५ रुपैयाँ ६८ पैसा र बिक्री दर ३ सय ५७ रुपैयाँ २४ पैसा कायम गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले यी विनिमय दरहरु आवश्यकता अनुसार जुनसुकै समयमा पनि परिवर्तन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरुले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0