पोखरा, २८ पुस । पोखराको अमरसिंह चौरमा जारी १३औँ पोखरा महोत्सवको तेश्रो दिन शनिबार दर्शकको उल्लेख्य सहभागितासहित कार्यक्रम सम्पन्न भएको छ। महोत्सव स्थलमा दर्शकको बाक्लो उपस्थिति मात्र नभई व्यापारिक स्टलहरूमा समेत चहलपहल बढेको देखिएको छ।

तेश्रो दिन लोक तथा दोहोरी गायक सम्झना लामिछानेसहित पुरुषोत्तम न्यौपाने, चोलेन्द्र पौडेल, तुलसा क्षेत्री, अमर धिताल, सविना गुरुङ, डिप्लप खाती, नविना सुवेदी, र सनम तामाङले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे। सांझको लाइभ ब्यान्ड प्रस्तुतीमा टुकीको विशेष प्रस्तुतीले युवा दर्शकलाई झुम्न बाध्य बनायो।

आइतबार महोत्सवको चौथो दिन लोक तथा दोहोरी गायक प्रकाश दुतराज, कृष्ण अखेली, सीता परियारलगायत कलाकारहरूको प्रस्तुती रहनेछ भने सांझ चर्चित र्‍यापर उर्गेनले आफ्नो प्रस्तुती दिनेछन्।

महोत्सवमा राखिएका विभिन्न सेवाहरू र व्यापारिक स्टलहरू दर्शकका लागि आकर्षणको केन्द्र बनेका छन्। आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटलले निशुल्क होल बडी चेकअप र फिजिसियन कन्सल्टमा छुटको व्यवस्था गरेको छ। मुख्य प्रायोजक बेटर होम एपलायन्सले उपभोक्ताहरूलाई आकर्षक उपहार योजनासहित गोला प्रथाद्वारा विजेताहरू घोषणा गर्ने जनाएको छ।

सह-प्रायोजक बन्दीपुर केबलकारले महोत्सव टिकटको अर्धकट्टी प्रस्तुत गर्ने दर्शकलाई केबलकार, स्काई साइक्लिङ, जीपलाइन, र ड्राइभ-इन रेस्टुरेन्टमा विभिन्न छुटको सुविधा उपलब्ध गराएको छ। यस्तै, भिजन लिंक एजुकेशन कन्सल्टेन्सीले भाषा कक्षामा आकर्षक छुट प्रदान गरेको छ।

नेपाल टेलिकमले महोत्सव स्थलमा नागरिकता र पासपोर्ट साइजको फोटोसहित आउने दर्शकलाई निशुल्क सिम उपलब्ध गराउँदैछ। फुड पार्टनर पोखरा सेकुवा घरले आफ्ना खाद्य सामग्रीमा १० प्रतिशत छुटको सुविधा प्रदान गरेको छ।

महोत्सवको टिकट रेभल एपबाट अनलाइन बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ। महोत्सवका सबै गतिविधिहरूले पोखराको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0