पोखरा, ४ फागुन । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा अत्यधिक लापरवाहीका कारण उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् । उनलाई जलन लागेको छ र दुवैको शरीरको ६ प्रतिशत भाग जलेको छ ।

कीर्तिपुर अस्पतालले शनिबार साँझ प्रकाशित गरेको प्रेस विज्ञप्तिमा मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमा जलन भएको र स्वासनली र फोक्सोमा असर पर्ने सम्भावना रहेको जानकारी दिएको छ । उनलाई पोखरामा प्राथमिक उपचार प्रदान गरिएपछि थप उपचारका लागि हेलिकोप्टरद्वारा काठमाडौं ल्याइएको हो ।

घटनामा अति प्रज्वलनशील हाइड्रोजन ग्यासको भरिएको बेलुनको झुप्पोमा भ्रमण वर्षको लोगो झुण्ड्याउने क्रममा स्पार्क मेसिनबाट निस्केको आगोको झिल्कोले बेलुनमा विस्फोट गराएको थियो, जसका कारण मन्त्री र मेयरको अनुहारमा तीव्र ज्वाला लागेको थियो ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0