पोखरा, १५ फागुन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का ले पूर्वाग्रही भई स्पष्टीकरण सोधेको गुनासो गरेका छन्। मन्त्रालयको आदेशअनुसार २४ घण्टे स्पष्टीकरण बिहीबार बुझाउँदै घिसिङले उक्त माग अनाधिकृत र प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको बताएका छन्।

ऊर्जा मन्त्रालयले यसअघि दुई पटक स्पष्टीकरण सोधिसकेको थियो। तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै मंगलबार तेस्रो पटक उनलाई स्पष्टीकरण सोधिएको थियो। सोही पत्रको जवाफ दिँदै घिसिङले नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ अनुसार आफ्नो नियुक्ति भएको उल्लेख गर्दै मन्त्रालयसँग आफूलाई हटाउने अधिकार नरहेको स्पष्ट पारेका छन्।

उनले मन्त्रालयले आफूलाई आरोप लगाएको तर त्यसको कुनै प्रमाण नपेस गरिएको भन्दै आपत्ति जनाएका छन्। मन्त्रालयले कार्यसम्पादन सम्झौताका आधारमा उनलाई पदबाट हटाउने प्रयास गरिरहे पनि मन्त्रिपरिषद् बैठकमा राज्यमन्त्री पूर्णबहादुर तामाङ को असहमति भएपछि तत्काल निर्णय रोकिएको थियो।

घिसिङले स्पष्टीकरणकै प्रक्रियामा नै प्रश्न उठाउँदै मन्त्रालयले मनोगत आधारमा निर्णय लिएको बताएका छन्। उनले प्राधिकरणको नेतृत्व सम्हालेयता ऊर्जा क्षेत्रमा उल्लेखनीय सुधार भएको दाबी गर्दै मन्त्रालयको व्यवहार नियोजित रहेको आरोपसमेत लगाएका छन्।

कुलमान घिसिङद्वारा दिएको स्पष्टीकरण

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0