काठमाडौं, १५ चैत्र। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गम्भीर चेतावनी दिएका छन्। उनले ज्ञानेन्द्र शाहले फेरि राजा बन्ने चाहना राखे ठूलो मूल्य चुकाउनुपर्ने बताए।

समाजवादी मोर्चा, नेपालले शुक्रबार काठमाडौंको प्रदर्शनी मार्गमा आयोजना गरेको जनसभा सम्बोधन गर्दै प्रचण्डले भने, “नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगरियोस्। अब अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहँदैन। खबरदार।’’

पूर्वप्रधानमन्त्री प्रचण्डले ज्ञानेन्द्र शाहलाई विगतका गल्तीहरूबाट पाठ सिक्न सुझाव दिए। “विगतमा उनले धेरै गल्ती गरे, त्यो गल्तीको परिणाम भोगिरहेकै छन्,’’ उनले भने।

प्रचण्डको यो चेतावनी राजावादी प्रदर्शनहरू उग्र बन्दै गएको बेला आएको हो। हालै काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0