पोखरा, १५ वैशाख। राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा चार वर्षपछि कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एउटै मञ्चमा देखिएका छन्। आइतबार रत्नपार्कमा आयोजित कार्यक्रममा लिङ्देन सहभागी भएका हुन्। राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले नयाँ दल गठन गरेका थिए। त्यसयता दुबै नेताबीच दूरी कायम रहँदै आएको थियो।

तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको एक महिनापछि आयोजित रत्नपार्कको कार्यक्रममा राजसंस्था पुनः स्थापनाका लागि संघर्ष समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्तिका नेता केशरबहादुर विष्टको पनि सहभागिता रहेको थियो। चैत १५ गतेको आन्दोलनपछिको नजरबन्दबाट मुक्त भएपछि सुवेदी पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन्।

कार्यक्रमले पूर्वराजनीतिक सहकार्य र राजसंस्थाको पक्षमा नयाँ बहस सुरु गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। लिङ्देन र थापाको सहकार्यले राप्रपाको भविष्यमा नयाँ समीकरणको संकेत देखिएको विश्लेषण गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0