पोखरा, २८ वैशाख। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालसालको अभिव्यक्तिलाई लक्षित गर्दै ती बोलीमा तथ्य नभई कुन्ठा मात्र देखिएको टिप्पणी गरेका छन्। आइतबार बिहान फेसबुकमा स्टाटस लेख्दै पोखरेलले वर्तमान सरकारले गर्दै आएको कामप्रति प्रचण्डले व्यक्त गरेको असन्तोष आत्मघाती भएको जनाएका छन्।

पोखरेलले सरकारको कामप्रति सकारात्मक तथ्यांक प्रस्तुत गर्दै प्रचण्डलाई प्रश्नसमेत गरेका छन्, “प्रचण्डजी तपाईं के बोल्दै हुनुहुन्छ?” उनले राजश्वमा उल्लेखनीय वृद्धि, विदेशी मुद्राको संचिति विस्तार, सोधनान्तर स्थिति सुदृढ, निर्माण व्यवसायीलाई भुक्तानी प्रदान, ठप्प आयोजनाहरूको पुनःसञ्चालन, बैंकको तरलता र व्याजदरमा सुधार, कानुनी सुधार र लगानीमैत्री वातावरण निर्माणलगायत उपलब्धिहरूलाई प्रमाणको रूपमा उल्लेख गरेका छन्।

महासचिव पोखरेलका अनुसार यी उपलब्धिहरूले नै प्रचण्डमा असहजता र छटपटी बढाएको संकेत गर्छन्। उनले सरकारको स्थायित्व, कानुन कार्यान्वयनको स्वतन्त्रता र भूमि समस्याको समाधानतर्फको अग्रसरतालाई सरकारको सफलताका रूपमा प्रस्तुत गरेका छन्।

उनको टिप्पणीले सत्ता र प्रमुख प्रतिपक्षबीचको राजनीतिक तनाव झनै चर्किएको संकेत गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0