काठमाडौं, २१ मंसिर। विशेष अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ। अदालतले निगमका तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार, शंकरप्रसाद अधिकारी, शिशिर कुमार ढुङ्गाना र बुद्धिसागर लामिछानेलाई दोषी ठहर गर्दै, १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको घोषणा गरेको हो।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीशहरू तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार वाइडबडी भ्रष्टाचार प्रकरणको निर्णय सुनाएका छन्। अदालतले उक्त रकम दामासाहीले बिगो असुल्नुपर्ने आदेश दिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २२ गते वाइडबडी जहाज खरिदमा भ्रष्टाचारको मुद्दा दायर गर्दै ३२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेश गरेको थियो। यस प्रकरणमा पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित अन्य केही आरोपितलाई सफाइ दिइएको छ।
नेपाल वायु सेवा निगमका वाइडबडी जहाज खरिद प्रकरणमा भ्रष्टाचारको तथ्य प्रमाणित भएपछि, दोषी व्यक्तिहरूलाई दण्डको प्रक्रिया अघि बढ्ने निश्चित भएको छ।
फैसलाको पुर्णपाठ



























