१६ मंसिर, काठमाडौं। युएईमा जारी एसीसी यू-१९ एसिया कपअन्तर्गत दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध १४१ रनको मध्यम स्कोर खडा गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमै समेटियो।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए। अन्य खेलाडी भने प्रभावशाली प्रदर्शन गर्न नसक्दा टोली न्यून स्कोरमै रोकिएको हो। बंगलादेशका बलर अल फहाद, इकबाल हसन, र रिजान होसनले २-२ विकेट लिए भने साद रजिन, उज्जमान रफी, र अजिजुल हकिमले १-१ विकेट आफ्नो नाममा लेखाए।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५५ रनको हार बेहोरेको थियो। यो खेलमा पनि नेपालको ब्याटिङ प्रदर्शन कमजोर देखिएको छ, जसले प्रतियोगितामा अगाडि बढ्ने सम्भावना कठिन देखिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0