पोखरा, १८ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङलाई नेपाल भ्रमणका लागि निम्तो दिएका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसर पारेर सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति सीलाई प्रधानमन्त्री ओलीले आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट राष्ट्रपति सीलाई निमन्त्रणा गरेका छन् भने आफ्ना समकक्षीका रूपमा चिनियाँ प्रधानमन्त्री ली छ्याङलाई पनि नेपाल भ्रमणका लागि निम्त्याएका छन्। उक्त निमन्त्रणा स्वीकार्दै दुवै नेताहरूले उपयुक्त समयमा नेपाल आउने प्रतिबद्धता जनाएका छन्। साथै, निमन्त्रणा प्रदान गरेकामा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको प्रवक्ता ढकालले जानकारी दिएका छन्।

चीनको औपचारिक भ्रमणमा सोमबारदेखि रहेका प्रधानमन्त्री ओलीले मंगलबार उच्चस्तरीय भेटवार्ताहरू सम्पन्न गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0