पोखरा, २२ मंसिर। टिमोर-लेस्टेको सुबाुन गाउँका ५१ वर्षीय मछुविया फस्टिनो मौलोको दा कुन्हाको घर दुई महिना हरेक वर्ष ‘ब्लू ह्वेल’ को अध्ययन केन्द्रमा परिणत हुन्छ। स्थानीय माछा मार्ने किसान, विद्यार्थी र समुद्री वैज्ञानिकहरूको टोली बिहानैदेखि यहाँ भेला हुन्छन्। हातमा बाइनोकुलर र टेलिफोटो क्यामरा लिएर, उनीहरू समुद्रमा पाइने संसारकै विशाल जीवहरू मध्ये एक ‘पिग्मी ब्लू ह्वेल’ को खोज गर्छन्।

कुनै ह्वेल देखिएपछि, टोली तुरुन्तै सक्रिय हुन्छ। फस्टिनोका छोरा जाकारियसले ड्रोन उडाउँछन्। त्यसपछि, अष्ट्रेलियाकी समुद्री पर्यावरणविद् प्राध्यापक करेन एडइभेनले ड्रोनबाट खिचिने उत्कृष्ट तस्बिरको मार्गदर्शन गर्छिन्। ड्रोन फर्किएपछि, टोलीले खिचिएका तस्बिरहरू समीक्षा गरेर विवरण सेतो बोर्डमा टिप्छ।

सन् २०१४ मा सुरु भएको यस नागरिक-वैज्ञानिक पहलले १० वर्षमा झण्डै ३,००० पिग्मी ब्लू ह्वेलको पहिचान गरिसकेको छ। बिबिसीका अनुसार, यो असाधारण उपलब्धि हो।

प्रत्येक वर्ष अक्टोबर र नोभेम्बरमा बन्डा सागरबाट दक्षिण अष्ट्रेलियासम्मको हजारौं किलोमिटर लामो यात्रामा ह्वेलहरू टिमोर-लेस्टेको समुद्र हुँदै जान्छन्। तर यस क्षेत्रको अध्ययन सिमित थियो। एडइभेनले यस अध्ययन कार्यक्रम सञ्चालन गरेपछि स्थानीय मछुविया, विद्यार्थी र गोताखोर पर्यटन व्यवसायीहरूलाई प्रशिक्षण दिँदै ह्वेलहरूको गतिविधि, आनीबानी र प्रजनन प्रक्रिया प्रलेख गराउँदै आएकी छन्।

सन् २०२२ मा, एक स्थानीय पर्यटन व्यवसायीको सहयोगमा पर्यटकहरूले ह्वेलको प्रजनन प्रकृया देखाउने दृश्य खिच्न सफल भए। उनीहरूले एउटा बच्चालाई आमा ह्वेलले दूध खुवाइरहेको दुर्लभ क्षण देखाए।

यस अनुसन्धानले पर्यटनमा समेत वृद्धि गराएको छ। स्थानीय गोताखोर प्रशिक्षक क्यासियो शुमाखरका अनुसार ह्वेल हेर्ने टुरहरू वर्षौंअगाडि नै बुक भइरहेका छन्। तर, बिना नियन्त्रणको पर्यटनले खतरासमेत निम्त्याउन सक्ने भन्दै स्थानीय संस्थाहरूले सचेत गराएका छन्। टिमोर-लेस्टे सरकारले यस क्षेत्रको संरक्षणका लागि एडइभेनको अनुसन्धान प्रयोग गर्ने बताएको छ।

यस पहलले गाउँमा आर्थिक सुधारको सम्भावना पनि सिर्जना गरेको छ। दा कुन्हा परिवारले पर्यटक र विद्यार्थीहरूका लागि स्थानीय उत्पादनबाट भोजन तयार गरेर आयस्रोत बढाइरहेका छन्। जाकारियस ड्रोन सेवा प्रदान गर्दै यस अभियानमा सक्रिय छन्।

फस्टिनोले यो अनुभवलाई अर्को सिजनमा अझै राम्रो बनाउने वाचा गरेका छन्। बिबिसीका अनुसार, स्थानीय समुदायले आफ्नो प्राकृतिक सम्पदा जोगाउन र ह्वेलहरूको संरक्षण गर्न सघाउन पर्यटक र विद्यार्थीलाई सहयोग गर्न खुसी छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0