पोखरा, २५ मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा आजको खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच भइरहेको छ। पोखराले टस जितेर ब्याटिङ रोजेको छ। पोखरा एभेन्जर्स हाल २ अंकसहित पाँचौं स्थानमा रहेको छ। उसले तीन खेलमा एक जित र दुई हार बेहोरेको छ। पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले हार्यो, जबकि तेस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हरायो।
कर्णाली याक्स चार खेलमा दुई जित र दुई हारसहित ४ अंक जोडेर चौथो स्थानमा छ। कर्णालीले पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हार बेहोरेको थियो। त्यसपछि कर्णालीले चितवनलाई ६ विकेटले र विराटनगरलाई सात रनले हराएको छ। यो आजको दोस्रो खेल हो। बिहानको खेलमा लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै पहिलो जित निकालेको थियो।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























