पोखरा। तेलुगु सुपरस्टार अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले भागदौड घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरेको छ। डिसेम्बर ४ मा सन्ध्या थिएटरमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा भएको भागदौडले ३९ वर्षीया महिलाको मृत्यु र उनका छोरालाई गम्भीर घाइते बनाएको थियो।
प्रहरीले सन्ध्या थिएटर व्यवस्थापन, कलाकार र सुरक्षा टोलीविरुद्ध मुद्दा दायर गर्दै हलमा प्रिमियरको पूर्वसूचना नदिइएको जनाएको छ। चिक्कडपल्ली प्रहरी थानाको टोलीले शुक्रबार अर्जुनलाई हिरासतमा लिएको हो। हैदराबाद प्रहरीका उपायुक्त अक्षांश यादवका अनुसार बीएनएस धारा १०५ र ११८ अन्तर्गत मुद्दा दर्ता गरी घटनाको अनुसन्धान भइरहेको छ। दोषी पाइए कानुनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1





























