२८ मंसिर, पोखरा। नेशनल प्याव्सन कास्कीद्वारा आयोजित १४ औं एन प्याव्सन खेलकुद महोत्सवमा कास्की मोडनाइज्ड एकेडेमी च्याम्पियन बनेको छ। १७५ अंकसहित च्याम्पियन बन्दै उसले रनिङ शिल्ड जितेको हो। त्रिवेणी पब्लिक १५८ अंकसहित दोस्रो र सिद्धार्थ लवडेल बोर्डिङ ११२ अंकसहित तेस्रो भए।

एथलेटिक्सतर्फ कास्की मोडनाइज्ड पहिलो, हेम्जा बोर्डिङ दोस्रो तथा चिल्ड्रेन्स एकेडेमी र लिटल फ्लावर एजुकेशनल एकेडेमी तेस्रो स्थानमा रहे। समापन कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले खेलकुदको विकासमा महोत्सवले ठूलो योगदान पुर्‍याएको बताए। उनले पोखरालाई खेलकुदको हवको रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

४६ विद्यालयका झन्डै ८ हजार ५ सय विद्यार्थी सहभागी महोत्सवमा जुनियरतर्फ १ हजार १ सय ५० छात्र र छात्रा तथा सिनियरतर्फ ५ हजार ८ सय खेलाडीले भाग लिए। नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव प्रेमराज अधिकारीले गरेका थिए।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0