२९ मंसिर, पोखरा। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज बिहान त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको पहिलो खेलमा काठमाडौं गुर्खाजले पोखरा एभेन्जर्सलाई छ विकेटले पराजित गर्दै प्लेअफमा स्थान नजिक पुर्‍याएको छ। पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४ दशमलव १ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो।

पोखरा एभेन्जर्सका ब्याटर दिलिप नाथले खेलपछि घरेलु खेलाडीले ठूलो स्कोर बनाउन नसक्दा टोली पराजित भएको बताए। उनका अनुसार स्वदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न सकेको भए खेलको नतिजा फरक हुनसक्थ्यो। बिहानको कठिन कन्डिसनले पनि टोलीलाई रन बनाउन चुनौती थपेको उनको भनाइ छ। उनले आफूले राम्रो फिनिस गर्न नसकेको स्वीकार्दै लिगको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरे।

अर्कोतर्फ, काठमाडौं गुर्खाजका जेरार्ड इरासमसले प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास व्यक्त गरे। उनले विदेशी खेलाडीका लागि नयाँ पिचमा खेल्न गाह्रो भए पनि टोलीले हाल लय समातेको बताए। पोखराविरुद्धको खेलमा सामान्य लक्ष्य रहेकाले सम्हालिएर ब्याटिङ गरेको र जित हासिल गर्न सफल भएको उनले बताए।

यो जितसँगै काठमाडौं गुर्खाजले प्रतियोगितामा आफ्नो पकड बलियो बनाउँदै प्लेअफ नजिक पुगेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0