काठमाडौं, २ पुस। नेकपा (एकीकृत समाजवादी)ले तत्काल अन्य कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ। पार्टीको जारी स्थायी कमिटी बैठकमा पारित आगामी कार्ययोजनामा पार्टीले कार्यदिशा र सिद्धान्तमा एकरूपता नभएसम्म अन्य पार्टीसँग एकता नगर्ने निष्कर्ष निकालेको हो।

पार्टी महासचिव घनश्याम भुसालले बैठकमा आगामी कार्यक्रम तथा नीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए, जसको आधारमा पार्टीले आगामी निर्वाचनमा देशभरि आफ्ना उम्मेदवार खडा गर्ने निर्णय गरेको छ। साथै, पार्टीको साङ्गठनिक सुदृढीकरणमा ध्यान दिँदै ‘पार्टी गाउँका जनतासँग’ भन्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठन भएको कार्यदलले बैठकमा नेताहरूको कार्यविभाजन प्रस्ताव गरेको थियो, जसलाई अनुमोदन गरिएको छ। पार्टीले साङ्गठनिक कार्यसम्पादनमा योगदान गरेका नेताहरुलाई विभागीय र जनवर्गीय सङ्गठनको इन्चार्जको जिम्मेवारी प्रदान गर्ने तयारी गरेको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0