पोखरा, ७ पुस । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा तीनवटा मुद्दा दर्ता भएको छ। पक्राउ परेको ९२ दिनपछि उनीमाथि सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको हो।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माका अनुसार मुद्दामा लामिछानेसहित ४४ जनालाई विपक्षी बनाइएको छ। अब यी मुद्दाहरूको कानूनी प्रक्रिया अगाडि बढ्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0