पोखरा, पुस १४ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १६७ पुगेको छ। थाइल्याण्डको बैंककबाट यात्रु लिएर फर्किरहेको विमान धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा १७५ यात्री र चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए। अग्निशमन विभागका अनुसार मृतकको संख्या अझै पुष्टि गर्ने काम भइरहेको छ। हालसम्म दुईजनालाई जीवितै उद्धार गरिएको छ, जसमा एक यात्री र एक चालक दलका सदस्य छन्।
दुर्घटनापछि उद्धारकार्य जारी रहेको र घटनाको कारणबारे अनुसन्धान भइरहेको बीबीसी हिन्दीले जनाएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1




























