बर्दिया। ठाकुरबाबा नगरपालिकाले ठाकुरबाबा र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदीको खैलारमा ह्युमपाइप राखेर अस्थायी संरचना निर्माण गरेको छ। यस संरचनाले दुबै नगरपालिका का नागरिकलाई सुरक्षित र छोटो दूरीमा आवतजावत गर्ने सुविधा प्रदान गरेको छ।

ठाकुरबाबा नगरपालिकाले माघ १ गतेको मेला र परम्परागत माघि मेलामा आवतजावतको सहजता सुनिश्चित गर्न यो अस्थायी संरचना निर्माण गरेको हो। ठाकुरबाबा–९ स्थित ठाकुरद्धारा मन्दिरमा आउने भक्तजन र स्थानीयवासीलाई राहत मिलेको छ। ह्युमपाइप संरचना बनाइसकेपछि बबई नदीको पानीको सतह नबढे सम्म हिउँदको समयमा आवतजावत सहज रहने स्थानीय दिपककुमार बुढाथोकले बताए।

नगर प्रमुख तिलकराम लम्सालका अनुसार, बबई नदीको खैलारमा पक्की पुल निर्माणका लागि तयारी भइरहेको छ र आगामी वर्ष बजेटको व्यवस्था गर्न पहल भइरहेको छ। यससँगै बारबर्दिया र ठाकुरबाबालाई जोड्ने वैकल्पिक सडक निर्माणका लागि ९५ करोडको टेन्डर आह्वान गर्न पनि तयारी गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0