७ जेठ, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीस्थित सुनखानीमा इलाका प्रहरी कार्यालय स्थापना गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयको निर्देशनमा स्थापना गरिएको उक्त कार्यालय ६ महिनाका लागि सञ्चालनमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार, कार्यालय प्रहरी नायव निरीक्षक (सई) नरबहादुर विष्टको कमाण्डमा ११ जना प्रहरीसहित सञ्चालनमा ल्याइएको हो। यससँगै हुम्लामा इलाका प्रहरी कार्यालयको संख्या दुई पुगेको छ। यसअघि सर्केगाडमा एक इलाका प्रहरी कार्यालय रहेको थियो।
कार्यालय स्थापनाको क्रममा प्रहरी टोलीले तिल गाउँमा भएको घटनाबारे वडाध्यक्ष पाल्जोर तामाङसँग विस्तृत जानकारी लिएको डिएसपी पोखरेलले बताए। घटनास्थलमा पुगेर प्रहरी टोलीले क्षतिपूर्तिसम्बन्धी मुचुल्का तयार पारी फर्किएको जानकारी पनि उनले दिए।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1


























