पोखरा, २० पुस । गुगलले डिसेम्बरमा जारी गरेको तथ्यांकअनुसार सन् २०२४ मा इन्टरनेटमा खोजिएका विषयवस्तुमध्ये खेलहरू पनि उच्च स्थानमा रहे। न्यूयोर्क टाइम्सको वर्ड गेम कनेक्सन्स अमेरिका लगायत विश्वभरका खेलाडीको रोजाइमा परेको छ। जापानी विकासकर्ता पकेटपेयरद्वारा जारी ‘पाल्वल्र्ड’ले विश्वव्यापी चर्चा बटुलेको छ। त्यस्तै, इन्फाइनाइट क्राफ्टले असीमित सिर्जनात्मक सम्भावनाका कारण खेलाडीहरूलाई आकर्षित गरेको छ।

सन् २०२४ मा खोजिएका खेलहरूले लोकप्रिय खेलहरू अब केही सीमित स्टुडियो वा स्थानमा मात्र सीमित नरहेको देखाउँछ। उदाहरणका लागि, चिनियाँ खेल ‘ब्ल्याक मिथः वुकोङ’ वर्षको सातौं धेरै खोजिएको खेल बनेको छ। यसले विश्वभरका खेलाडीको रुचि विभिन्न खेलतर्फ बढेको स्पष्ट पार्दछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0