पोखरा, २५ पुस । नेपाल राष्ट्र बैङ्कले आज विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६६ पैसा रहेको छ। यस्तै, युरोपियन युरोको खरिददर एक सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ८० पैसा कायम गरिएको छ।

युके पाउन्ड स्ट्रलिङको खरिददर एक सय ६९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ३५ पैसा रहेको छ भने स्विस फ्र्याङ्कको खरिददर एक सय ५० रुपैयाँ २९ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ९५ पैसा तोकिएको छ। यस्तै, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ सात पैसा र बिक्रीदर ८५ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।

एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर आठ रुपैयाँ ६५ पैसा र बिक्रीदर आठ रुपैयाँ ६९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा तोकिएको छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा छ भने कतारी रियालको खरिददर ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा रहेको छ।

यसैगरी, थाई भाटको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा रहेको छ। मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ४४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा तथा साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा कायम गरिएको छ।

खाडी मुलुकका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ३४ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ २८ पैसा रहेको छ। बहराइन दिनारको खरिददर तीन सय ६३ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ १५ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैङ्कले आवश्यकतानुसार विनिमय दरलाई संशोधन गर्न सकिने जनाएको छ। बैङ्कले अद्यावधिक विनिमय दर आफ्नै वेबसाइटमा उपलब्ध गराउने जानकारी दिएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने उल्लेख गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0