पोखरा, २५ पुस । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) मा १९ लाख ६ हजार ७४८ आवेदन परेको छ। सीडीएस एण्ड क्लियरिङका अनुसार आवेदनहरू अनलाइन प्रणाली मेरोसेयरमार्फत गरिएको हो र आवेदन लिने प्रक्रिया बन्द भइसकेको छ।

कम्पनीको आईपीओमा १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो, तर २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा १३.६५ गुणा बढी हो। यसका लागि करिब २ अर्ब ५१ करोड रुपैयाँको आवेदन आएको छ।

बाँडफाँटको क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर पाउने छन्, जबकि बाँकी सबैका लागि सेयर उपलब्ध हुने छैन। धितोपत्र निष्कासन र बाँडफाँट निर्देशिका २०७४ अनुसार १० कित्ताका दरमा मात्रै सेयर बाँडफाँट हुने भएको हो।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0