काठमाडौँ, २८ पुस। आज काठमाडौँमा तीन संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ, जसमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० का विषयमा सरोकारवालाहरू र विज्ञहरूसँग छलफल हुनेछ।

त्यस्तै, मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्तसम्बन्धी विधेयकमा छलफल हुनेछ।

यसैगरी, बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक हुनेछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि दफावार छलफल हुने बताइएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0