पोखरा, २८ पुस । सरकारले १३ जना सचिवहरूको सरुवा गर्दै २ जनालाई कामु जिम्मेवारी तोकेको छ। गत शुक्रबार (२६ पुस) को मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। मन्त्रीका अनुसार, सचिवहरूको सरुवा तथा कामु जिम्मेवारी तोकिएको निर्णय सार्वजनिक गरिएको छ।

सरुवामा प्रमुख केहि परिवर्तनहरू समावेश छन्। कृष्णहरि पुष्करलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। उनले पहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए। सुमनराज अर्याल र चुडामणी शर्मा पौडेललाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ।

यस्तै, पर्यटन मन्त्रालयमा बिनोद सिंहलाई सचिवको रूपमा सरुवा गरिएको छ भने महालेखा नियन्त्रकको कार्यालयमा गणेश पाण्डेलाई सरुवा गरिएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सचिवमा लक्ष्मी बस्नेतलाई सरुवा गरिएको छ।

अन्य सरुवामा, उपराष्ट्रपति कार्यालयमा दिनेश भट्टराई, संघीय मामिला तथा प्रशासन मन्त्रालयमा रविलाल पन्त, निर्वाचन आयोगमा भरतमणी सुवेदी, युवा तथा खेलकुद मन्त्रालयमा हरि लम्साल, सार्वजनिक खरिद, अनुगमन कार्यालयमा मुकुन्द प्रसाद निरौला, बागमती प्रदेशमा महादेव पन्थ र कर्णाली प्रदेशमा लोकनाथ पौड्याललाई सरुवा गरिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशमा बाबुराम अधिकारी र मधेश प्रदेशमा मदन भुजेललाई कायम मुकायम तोकिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0