पोखरा, १३ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अन्य भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो गण्डकी, कोशी, बागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ भने मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतः सफा रहनेछ। तराई तथा उपत्यकाका स्थानमा लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन, कृषि, यातायात र हवाई उडानमा असर पर्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0