पोखरा, १४ माघ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज भएको खेलमा एपिएफले न्यू डायमन्डलाई २५–२२, २५–२३ र २५–२१ को स्कोरमा पराजित गर्यो। एपिएफकी निरुता ठगुन्ना टाइगर अफ द म्याच घोषित भइन्।

खेलको बेष्ट स्पाइकरको उपाधि न्यू डायमन्डकी सलिना बुढामगरले प्राप्त गरिन्। ‘जित्ने समूह’ मा एपिएफ र न्यू डायमन्ड क्लब रहेका छन्। अब महिलातर्फ ‘हार्ने समूह’ बाट ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0