पोखरा, १५ माघ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ। यसले कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली गराएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका धेरै भूभागमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो देखिएको छ। महाशाखाले आगामी केही दिन तराईका क्षेत्रहरूमा हुस्सु र कुहिरो लागिरहने सम्भावना रहेको बताएको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात, र हवाई उडानमा समेत असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली देखिए पनि अन्य क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। राति पनि कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली कायम रहनेछ।

विशेष गरी बिहानको समयमा हुस्सु र कुहिरोका कारण यातायात सेवा प्रभावित हुन सक्ने भएकाले चालकहरू र यात्रुले सावधानी अपनाउनु पर्ने महाशाखाले सुझाव दिएको छ।

मौसम सुधार हुन केही दिन लाग्ने सम्भावना रहेकोले जनस्वास्थ्य र कृषि क्षेत्रमा प्रतिकूल प्रभाव नपरोस् भन्नका लागि आवश्यक तयारी गर्न विज्ञहरूले आग्रह गरेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0