पोखरा, २२ माघ । अमेरिका, क्यानडा र मेक्सिकोबीच सीमा सुरक्षासम्बन्धी सहमति भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई छिमेकी राष्ट्रमाथि लगाइएको अतिरिक्त करको निर्णय तत्कालका लागि स्थगित गरेका छन्। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन क्यानडाले थप अधिकारी चयन गर्नेछ भने मेक्सिकोले १० हजार सैनिक परिचालन गर्ने प्रतिबद्धता जनाएको छ।

ट्रम्प र छिमेकी राष्ट्रका नेतृत्वबीच फोन वार्तापछि गरिएको सहमतिअनुसार ३० दिनसम्मका लागि अतिरिक्त कर स्थगित गरिएको हो। यद्यपि, सो अवधि पछिको निर्णयबारे क्यानडाको श्रम संगठन युनिफोरका प्रमुख लाना पायनाले चासो व्यक्त गरेकी छिन्।

यता, अमेरिकाको व्यापार नीतिले युरोपेली युनियन र बेलायतलाई कस्तो असर पार्ने भन्नेबारे पनि चासो बढ्दै गएको छ। विशेषगरी, ट्रम्पले चीनसँग वार्ता नहुँदा थप १० प्रतिशत भन्दा बढी कर लगाउने संकेत दिएका छन्, जसले व्यापार युद्ध अझै गहिरिने सम्भावना देखिन्छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0