पोखरा, २२ माघ । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेश स्थापनाको अवसरमा सरकारले सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थासहित प्रदेशभर बिदा दिने निर्णय गरेको हो। यस अवसरमा गण्डकी प्रदेशका विभिन्न स्थानमा विविध कार्यक्रमसमेत आयोजना गरिने जनाइएको छ।
Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1































