पोखरा, २७ माघ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू प्रस्तुत गरिनुका साथै छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन, २०८१’ पेश गरिनेछ। यसैगरी, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिने प्रस्ताव संसदमा प्रस्तुत गर्नेछन्।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्नेछन्। नागरिकता विधेयकसँगै ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकमा पेस गरिनेछ। नागरिकता विधेयकमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचना निर्णयार्थ प्रस्तुत गरिने बताइएको छ।

यस्तै, उपप्रधान तथा अर्थमन्त्री पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। यस विधेयकले बैंकिङ कसुरसम्बन्धी कानूनी ढाँचा परिमार्जन गर्नेतर्फ लक्षित रहेको छ।

आजको बैठकमा महत्त्वपूर्ण कानूनी तथा आर्थिक विधेयकहरू प्रस्तुत हुने भएकाले संसदको छलफललाई विशेष चासोका रूपमा हेरिएको छ।

No description available.

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0