पोखरा, २७ माघ । प्रणय सप्ताहको तेस्रो दिन ‘चकलेट–डे’ का रूपमा विश्वभर मनाइँदैछ। फेब्रुअरी ७ देखि सुरु हुने प्रेम सप्ताहको यो दिनलाई प्रेमका मिठासपूर्ण पलहरू साटासाट गर्ने अवसरको रूपमा लिइन्छ। प्रियजनलाई चकलेट उपहार दिनाले सम्बन्ध झन् प्रगाढ हुने विश्वास गरिन्छ।

चकलेट केवल स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ। डार्क चकलेटमा पाइने प्रशस्त एन्टिअक्सिडेन्टले मुटु रोग, क्यान्सर तथा उमेर बढ्दै जाँदा देखिने स्वास्थ्य समस्याबाट बचाउने चिकित्सकहरू बताउँछन्। साथै, चकलेट सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउने, छालालाई उज्यालो बनाउने तथा मानसिक तनाव कम गर्ने प्रभावकारी भूमिका खेल्छ।

महिलाहरूका लागि चकलेट विशेष रूपमा उपयोगी मानिन्छ। रजस्वलाको समयमा हुने पीडा कम गर्ने, गर्भवती महिलाको स्वास्थ्यमा सुधार ल्याउने तथा प्रसवपूर्व शिशुको विकासमा सहयोग पुर्याउने गुणहरू चकलेटमा पाइन्छ। त्यस्तै, डिप्रेसन कम गर्ने, मस्तिष्कको कार्य प्रणाली सुधार गर्ने तथा रक्तचाप नियन्त्रणमा राख्न चकलेट उपयोगी मानिन्छ।

आजको दिन प्रेमी–प्रेमिका, साथीभाइ तथा परिवारजनबीच चकलेट साटासाट गर्दै सम्बन्धलाई अझ प्रगाढ बनाउने चलन छ। प्रेम दिवसको यो विशेष दिनमा मिठासपूर्ण क्षणहरू सँगै बाँड्ने संस्कृति विश्वभर लोकप्रिय बन्दै गएको छ।

 

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0