पोखरा, २७ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार समितिको बैठक आज बस्दैछ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा आयोजना हुने संसद सचिवालयले जनाएको छ।

समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ। यस विधेयकलाई प्रभावकारी बनाउन आवश्यक संशोधन तथा सुझावहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0