पोखरा, २७ माघ । पोखरा महानगरपालिका वडा नं २७ को नवनिर्मित कार्यालय भवनको उद्घाटन नगर प्रमुख धनराज आचार्यले गर्नुभएको छ। ४ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस भवनमा वडावासीहरूलाई प्रभावकारी र सहज सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ। नगर प्रमुख आचार्यले भवन उद्घाटन गर्दै भने, “यो प्रकारको पूर्वाधारले सेवाग्राहीहरूको सहजता र सेवाको गुणस्तरमा वृद्धि ल्याउनेछ।”

May be an image of crowd

वडा अध्यक्ष पूर्ण कुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाकी उपप्रमुख मन्जुदेवि गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतका प्रमुख व्यक्तिहरूको सहभागिता रहेको थियो। साथै, कार्यक्रममा दलका नेताहरू, अन्य वडाका अध्यक्षहरू र स्थानीय बासिन्दाहरू पनि उपस्थित भएका थिए।

May be an image of 2 people, hospital and text

नयाँ भवनले वडा नं २७ का नागरिकहरूको सेवा प्रवाहलाई अझ सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ। यस नवनिर्मित भवनका माध्यमबाट स्थानीय प्रशासनको कार्यक्षमता वृद्धि र सेवाग्राहीको सन्तुष्टि सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

May be an image of 7 people, crowd and text

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0