पोखरा, २७ माघ । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा स्कुल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भन्ज्याङ क्षेत्रमा भएको दुर्घटनामा अन्य थुप्रै घाइते भएको प्रहरीले जनाएको छ।

जुनकिरी इङ्लिस स्कुलका करिब ५० विद्यार्थी बोकेको बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिएका छन्। दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ भने घाइते विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घटनास्थलमा प्रहरीको उद्धार कार्य जारी रहेको छ। दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र घाइतेको अवस्थाबारे जानकारी प्राप्त हुन बाँकी रहेको प्रहरीको भनाइ छ।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0