पोखरा, २९ माघ । दक्ष इन्टरनेसनल र राज ब्युटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा ‘मिस एण्ड मिसेस ब्युटिफूल नेपाल २०२५’ आयोजना हुने भएको छ। राजधानीमा हुने प्रतियोगिताको अडिसन फागुन १९ गते नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको उमंग हलमा हुने आयोजक टेकराज पाण्डेले जानकारी दिए। अडिसनपछि छनोट भएका प्रतियोगीलाई एक महिनासम्म व्यक्तित्व विकास, मोटिभेसन, सार्वजनिक भाषण र आत्मविश्वास अभिवृद्धि जस्ता प्रशिक्षण प्रदान गरिनेछ।

कमलादीस्थित सिटी सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा हास्य अभिनेता राजाराम पौडेलले प्रतियोगिताले महिला सशक्तीकरणमा योगदान गर्ने बताए। गायक आनन्द कार्कीले महिलाको आन्तरिक विकासका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताए। अफिसियल कोरियोग्राफर अश्विनीकान्त झाले प्रतियोगिताले सहभागीहरूलाई जीवनोपयोगी ज्ञान दिने उल्लेख गरे।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0