पोखरा, ३० माघ । गायिका एलिना चौहान र उनका पति गायक विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ। मंगलबार सामाजिक सञ्जालमार्फत भावनात्मक स्ट्याटस सेयर गर्दै एलिनाले पतिसँग अलग भएको जानकारी गराएकी हुन्।

एलिनाले विवाहका सात फेरादेखि चुरा, सिन्दुर र लगनगाँठोसम्मका संकेत गर्दै विवाह केवल शारीरिक वा कानुनी सम्बन्ध मात्र नभई भावनात्मक मिलन, विश्वास र समझदारीको परिणाम हुने उल्लेख गरेकी छन्। उनले लेखेकी छन्, “हाम्रो सम्बन्ध अल्पायुमै टुङ्गिएको छ। यो रहरले होइन, बाध्यता हो, जुन तिमी, म र भगवानलाई मात्र थाहा छ।”

साथै, उनले विष्णुसँगको सम्बन्ध तोडिए पनि आफू अंशस्वरूप कुनै सम्पत्ति नलिने स्पष्ट पार्दै विष्णुको प्रगति र उन्नतिका लागि आफ्नो तर्फबाट सम्पूर्ण शुभकामना व्यक्त गरेकी छन्।

फेसबुकमा भावुक सन्देशसँगै विवाहका केही अविस्मरणीय तस्वीरहरू सार्वजनिक गर्दै उनले विगतका स्मृतिहरू बाँडेकी छन्। उनका पोस्टमा प्रशंसक र शुभचिन्तकहरूले मिश्रित प्रतिक्रिया जनाइरहेका छन्।

Give Your Feedback
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0